ad ad

समाज


किनमेल गर्नेबीच दूरी कायम गराउँदै प्रहरी

किनमेल गर्नेबीच दूरी कायम गराउँदै प्रहरी

गोकुल जोशी
चैत १४, २०७६ शुक्रबार ५:६,

कोरोना भाइरस (कोभिड—१९) सम्भावित फैलावट रोकथामका लागि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीले व्यक्ति—व्यक्तिबीचको दूरी निर्धारण गरी पालना गराएको छ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरले बजार क्षेत्रमा अत्यावश्यक दैनिक सामाग्री खरिद गर्न आएका उपभोक्ताबीच दूरी कायम गराएको हो।
दैनिक उपभोग्य सामाग्री खरिद गर्न बजार क्षेत्रमा निस्किने मानिसहरुलाई एक मिटरको दुरी कायम गराउन घेरा लगाइएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जनाए।

‘बिहान बजारमा एकदमै भिडभाड भएको देखियो। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै दैनिक उपभोग्य सामाग्री खरिदका लागि पसलहरुमा पुगेका व्यक्तिहरुबीच दुरी कायम गराउन छुट्टा–छुट्टै घेरा लगाएका छौँ’, उनले भने। सरकारले सामाजिक दूरी कायम गराउने मुलुकभर लकडाउन गरेको छ।

कोरोना भाइरसको संक्रमण रोक्न एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तिमा एक मिटर दुरी कायम गर्न भनिएको छ। सामाजिक दूरी बढाउनकै लागि लकडाउन गरिएको छ।

अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीका लागि भनेर महेन्द्रनगरमा बिहान ५ देखि ७ बजेसम्म आवागमन खुकुलो पारिएको छ। सो समयमा भिडभाड हुन थालेपछि व्यक्ति–व्यक्तिबीचको दुरी कायम गर्न वडा प्रहरी कार्यालय महेन्द्रनगरले बजार क्षेत्रमा एक–एक मिटरको दुरीमा मानिसलाई रोक्न चिन्ह लगाएका हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .