ad ad

समाज


स्पेन र फ्रान्समा गरी ८ नेपालीलाई कोरोना, १ जनाको आईसीयूमा उपचार हुँदै

स्पेन र फ्रान्समा गरी ८  नेपालीलाई कोरोना, १ जनाको आईसीयूमा उपचार हुँदै

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ४:५६,

स्पेन र फ्रान्समा गरी ८ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनमा ७ र र फ्रान्समा १ नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

स्पेनको बार्सिलोना बस्ने ७ नेपालीमध्ये तीन जनाको अहिले दे सान्त खोवान देस्पी अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये एक जना आईसीयूमा छन्।

अन्य ४ संक्रमित नेपालीमध्ये ३ जनाको उपचार बार्सिलोनाकै हस्पिटल सेन्टपाउमा भइरहेको छ भने बाँकी १ जनालाई भने अवस्था सामान्य भएकाले स्वास्थ्यकर्मीको निगरानीमा एक होटेलमा राखिएको समाचारमा उल्लेख छ।

ती संक्रमित नेपालीका परिवार तथा सम्पर्कमा आएका सबै व्यक्तिको पनि स्वास्थ्य परीक्षण गरिएको छ।

यस्‍तै फ्रान्समा पनि एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। अहिले उनी फ्रान्सको मुलुजस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन्।

यही मार्च १४ देखि पूरै देश लकडाउन गरिए पनि स्पेनमा कोरोना महामारी रोकिएको छैन। अहिलेसम्म त्यहाँ संक्रमितको संख्या ६० हजार पुगिसकेको छ भने ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .