ad ad

समाज


भारतमा कोरोनाको त्रासः घरबेटीले डाक्टर र नर्सलाई कोठाबाट निकाल्न थाले

भारतमा कोरोनाको त्रासः घरबेटीले डाक्टर र नर्सलाई कोठाबाट निकाल्न थाले

नेपालखबर
चैत १२, २०७६ बुधबार ८:५७,

सबैलाई यस अवधिमा घरभित्रै बस्न भनिएको छ। हालसम्म भारतमा कोरोनाका कारण ५६२ बिरामी भएका छन्। १० जनाको मृत्यु भइसकेको छ।

कोरोनाका कारण पुरा भारत नै त्रसित छ। यसबीचमा भारतीय डाक्टर तथा नर्सहरु कोरोनाको संक्रमितलाई उपचार गर्न व्यस्त छन्।

तर देशको सेवा गर्ने डाक्टर र नर्सहरु नै घरबेटीबाट पीडित बन्न थालेका छन्। कोरोना भाइरसको उपचारमा खटेका डाक्टर र नर्सहरुले आफ्नो घरमा कोरोनाको संक्रमण फैल्याउने भन्दै घरबेटीले डाक्टर र नर्सलाई घरबाट निकाल्न थालेका हुन्।

नयाँ दिल्लीका डाक्टर तथा नर्सको समूहले गहमन्त्री अमित शाहलाई एक पत्र लेख्दै आफूहरुमाथि घरबेटीले अभद्र र अमानवीय व्यवहार गरेको बताएका छन्।

केही घरबेटीले डाक्टर र नर्सले चाँडै घर नछाडे बिजुली र पानीको सुविधा नदिनेसमेत बताएको उक्त पत्रमा गुनासो गरिएको छ।

मंगलबार रेसिडेन्ट डक्टर्स एसोसियसन अफ न्यु दिल्ली अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसले मन्त्री शाहलाई पठाएको पत्रमा भनिएको छ,‘डाक्टर, नर्स र स्वास्थ्य सेवामा रहेका अन्य कर्मचारीलाई घरबेटीले तत्काल घर छाड्न भनेका छन्। उनीहरु डाक्टर र नर्सबाट कोरोना भाइरस फैलनसक्ने विचार राख्दै त्रसित बनेका छन्। केही डाक्टर र नर्सहरुलाई जबर्जस्ती घरबाट निकालिएको छ। उनीहरुको लगेज बाटोमा फ्याकिएको छ। देशभर यस्तो अवस्था छ।’

डाक्टरहरुको गुनासोसँगै भारतका स्वास्थ्यमन्त्री हर्ष बर्दनले घरबेटीहरुले गरेको व्यवहार अप्रिय भएको बताएका छन्।

यस घटनाले आफूलाई दुखित बनाएको बताउँदै बर्दनले भनेका छन्,‘कृपया नडराउनुहोस्। डाक्टर र नर्सहरुले कोरोनाको उपचार गर्छन्, भाइरस बोक्दैनन्। कुनै कठोर कदमले उनीहरुलाई निराश बनाउँछ। उनीहरुको मनोबल उच्च राख्नु हाम्रो कर्तव्य हो।’

यस विषयमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि प्रतिक्रिया जनाएका छन्। केजरीवालले घरबेटीको कार्य गलत भएको बताएका छन्। उनले ट्वीटमा भनेका छन्,‘डाक्टरहरुले आफ्नो ज्यानको बाजी राखेर हाम्रो ज्यान बचाइरहेका छन्। उनीहरुका घरबेटीले जे गरे त्यो गलत कार्य हो।’

गृहमन्त्री अमित शाहले डाक्टरहरुको गुनासो सम्बोधन हुने बताउँदै यस विषयमा अनुसन्धान हुने बताएका छन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .