ad ad

कारोबार


कोरोना रोकथाम कोषमा लक्ष्मी ग्रुपले १ करोड राख्ने, फिभर क्लिनिकलाई पनि आर्थिक सहयोग

कोरोना रोकथाम कोषमा लक्ष्मी ग्रुपले १ करोड राख्ने, फिभर क्लिनिकलाई पनि आर्थिक सहयोग

नेपालखबर
चैत १२, २०७६ बुधबार ९:५,

व्यावसायिक समूह लक्ष्मी ग्रुपले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेको छ।

ग्रुपले विज्ञप्ति जारी गर्दै कोषमा विश्व महामारीविरुद्ध लड्न उक्त रकम राख्ने र फिभर क्लिक स्थापनाका लागि पनि आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘लक्ष्मी ग्रुप देशको एक अग्राणी कर्पोरेट हाउसले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड को आर्थिक सहयोग गर्ने घोषणा गर्दछ ।’

यसले कोरोना संक्रमण रोक्न सहयोग पुग्ने पनि आशा गरेको लक्ष्मी ग्रुपले जनाएको छ। यसका साथै ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिंगको लागि फिभर क्लिनिकहरु स्थापना गर्ने पहल सुरु गरेको छ।

यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउनेछ । हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारको रुपमा कार्य गर्ने ग्रुपले जनाएको छ।

यस क्लिनिकमार्फत सर्वसाधारणहरुलाई सेवाहरु प्रदान गर्नेछ।

खासगरी पछिल्ला १४ दिनमा विदेशमा रहेका, कोविड १९ संक्रमित मानिसको सम्पर्कमा आएको हुनसक्ने, सम्भावित लक्षणहरु ज्वरो वा ज्वरो बिना रुघा, खोकी देखाएको जस्ता लक्षणहरु देखिएका व्यक्तिले यसबाट सेवा पाउनेछन्। ग्रुपले यसअघि पनि परोपकारी कामहरु गर्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .