अत्यावश्यबाहेकका सवारी पासविना गुड्न नपाउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। कसैलाई सवारी गुडाउन आवश्यक भए जिल्ला प्रशासन कार्यलयबाट पास लिनुपर्नेछ।
‘एम्बुलेन्स, पानी, फोहोर, सुरक्षा निकाय, अत्यावश्यक सामग्री ढुवानीका गाडी निर्बाध रुपमा चलिरहेका छन्’, ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले नेपालखबरसँग भने, ‘अन्य गाडी जसलाई अत्यावश्यक काम हुन्छ, उहाँहरुले जिल्ला प्रशासन कार्यालयमा पासको लागि निवेदन दिनुपर्छ।’
उनले धेरै मानिस घरभित्र नै रहेको बताएका छन्। ‘सरकारको निर्देशन धेरैले मान्नुभएको छ। घरभित्रै बस्नुभएको छ। कोही अनावश्यक बाहिर निस्किएकालाई सम्झाएर घर फर्कएका छौं’, ढकालले भने।
उनले अत्यावश्यका सवारीबाहेकलाई गुड्न नदिएको दाबी गरेका छन्।
प्रतिक्रिया