ad ad

कारोबार


कोभिड–१९ : निर्माण व्यवसाय विकास परिषदले कोषमा १ करोड सहयोग गर्ने

कोभिड–१९ : निर्माण व्यवसाय विकास परिषदले कोषमा १ करोड सहयोग गर्ने

नेपालखबर
चैत ११, २०७६ मंगलबार ६:५८,

निर्माण व्यवसाय विकास परिषदले कोरोना रोकथामको लागि १ करोड सहयोग गर्ने भएको छ। गत ५ गते बसेको परिषदको बैठकले उक्त रकम सहयोगको निर्णय गरेको थियो।

परिषदका अध्यक्ष तथा भौतिक पूर्वधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले मन्त्रीस्तरीय निर्णय गरी उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन्।

सरकारले चैत ९ गते स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो। सोही कोषमा परिषदको १ करोड जम्मा हुनेछ।

परिषदमा नेपाल निर्माण व्यवसायी महासंघसहित यो व्यवसायसँग सम्बन्धित मन्त्रालय तथा निकायहरुको प्रतिनिधित्व रहने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .