नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भारतको कलिङ्गा ईन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधनप्रति दु:व्यक्त गरेका छन्।
मंगलबार अध्यक्ष गुरुङले विज्ञप्ति जारी गरेर असामान्य परिस्थितिका कारण नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति दु:व्यक्त गरेका हुन्।
आइतबार नेपाली विद्यार्थी लम्सालको निधनप्रति केआईआईटीको क्याम्पस प्रशासन र होस्टेलको वातावरण तनावग्रस्त बनेको छ। क्याम्पस प्रशासनले नेपाली विद्यार्थीलाई जबर्जस्ती निकाला गरेको थियो। सरकारले कूटनीतिक पहलमार्फत विद्यार्थीको सुरक्षाको माग गरेपछि निकालिएक विद्यार्थीलाई फर्किन आग्रह गरिएको छ। तर विद्यार्थीहरू फर्किएका छैनन्।
186
Shares

प्रतिक्रिया