समाज


प्रकृति लम्सालको शव बुधबार बिहान नेपाल ल्याइने

प्रकृति लम्सालको शव बुधबार बिहान नेपाल ल्याइने

प्रकृति लम्साल


नेपालखबर
फागुन ६, २०८१ मंगलबार १९:३, काठमाडौँ

‍भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव बुधबार बिहान ७ बजेको फ्लाइटमा नेपाल ल्याइने भएको छ।  

त्यहाँस्थित प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच भएको छलफलमा उनको शव नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।  

यसअघि सुनिलले आफ्नो छोरीलाई ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको प्रतिक्रिया दिएका थिए। 

उनले भनेका थिए, 'हामीलाई थाहा छ अनुसन्धान चलिरहेको छ। पोस्टमार्टम प्रतिवेदन आउन बाँकी छ। तर हामीलाई थाहा छ यसलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको हो।'

लम्सालले केआईआईटी र प्रहरी प्रशासनले घटनाको छानबिनमा सहयोग गरिरहेको प्रतिक्रिया दिएका थिए। उनका अनुसार प्रकृतिको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको र प्रहरीले अनुसन्धान गरिरहेको छ।  

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी केआईआईटी प्रशासनले यषसअघि नै दिइसकेको छ। केआईआईटीले पनि घटनामा दु:ख व्यक्त गर्दै माफी माग्दै विद्यार्थीलाई फर्किन आह्वान गरेको छ। 

सरकारले पनि घटनाबारे कूटनीतिक पहल गरिरहेको जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad