समाज


नेपालमा भ्रष्टाचार झनै बढ्यो : ट्रान्सपरेन्सी

नेपालमा भ्रष्टाचार झनै बढ्यो : ट्रान्सपरेन्सी

नेपालखबर
माघ २९, २०८१ मंगलबार १२:११, काठमाडौँ

नेपालमा भ्रष्टाचार हुने दर बढ्दै गएको पाइएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक-२०२४ मा नेपाल गत वर्षको भन्दा एक अंक खस्किएको हो। 

भ्रष्टाचार अवधारणा सूचकाङ्‌क-२०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ। नेपालले गत वर्ष ३५ अंक पाएको थियो। यस नतिजाले भ्रष्टाचारविरुद्व प्रभावकारी रुपले काम-कारबाहीअगाडि बढाउन अत्यन्त जरुरी रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ।  

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा भुटान छ। उसले ७२ नम्बर प्राप्त गरेको छ। श्रीलंकामा नेपालमा भन्दा पनि बढी भ्रष्टाचार हुने तथ्यांकले देखाएको छ। श्रीलंकाले ३२ अंक पाएको छ। पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा भ्रष्टाचार हुने दर झनै बढी रहेको उल्लेख छ। पाकिस्तान, बंगलादेश र अफगानिस्तानले क्रमश २७, २३ र १७ अंक पाएका छन्। 

नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा पनि भ्रष्टाचारको दर बढी नै रहेको उल्लेख छ। ट्रान्सपरेन्सीका अनुसार भारतले ३८ अंक र चीनले ४३ अंक पाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad