गायक यश कुमारको म्युजिकल फिल्म ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरिएको छ।
कार्यक्रम गरी सार्वजनिक गरिएको म्युजिकल फिल्म २० मिनेट लामो छ। जसले मायाप्रेमको कथा समेटेको छ।
सार्वजनिक कार्यक्रमका वरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
उनले कार्यक्रममा बोल्दै गायक यश कुमारबिना संगीत क्षेत्र नै अधुरो हुने बताए। तीन दशकयता यश कुमारले फरक गीत तथा संगीतमार्फत आफूलाई स्थापित गरेको उनको भनाइ छ।
सार्वजनिक गीतका शब्द, संगीत तथा भिडिओ निर्देशनसमेत गायक यश कुमारले नै गरेका हुन्।
गीतमा यश कुमार र स्मिता प्रधानको स्वर छ। भिडिओमा यश र स्मितासँगै रमिला मोक्तान, रेशम बुढाथोकी, कल्याण ढुंगानाले अभिनय गरेका छन्।
दिनेश पराजुली एन्ड टिमको छायांकनमा बनेको भिडिओका प्रोडक्सन डिजाइनर करण सिंह र सम्पादक विकास धमला हुन्।
भिडिओ-
Shares

प्रतिक्रिया