समाज


सर्वोच्च बारले सम्झायो कानुन व्यवसायीको पेसागत आचरण

सर्वोच्च बारले सम्झायो कानुन व्यवसायीको पेसागत आचरण

नेपालखबर
माघ १५, २०८१ मंगलबार २०:१८, काठमाडौँ

सर्वोच्च अदालत बार एसोसिएसनले कानुन व्यवसायीहरूलाई पेसागत आचरण पालना गर्न आग्रह गरेको छ।

मंगलबार सूचना प्रकाशित गरी बारले कानुन व्यवसायीको पेशागत आचरणको पूर्ण परिपालना नभएको भनी विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालबाट प्रकाशित एवम् सम्प्रेषित सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सर्वोच्च बार र नेपाल कानुन व्यवसायी परिषद् लयर्स एकेडेमीसँगको संयुक्त आयोजनामा यही माघ १२ गते सम्पन्न भएको कानुन व्यवसायीहरूको पेसागत आचरण माथिको छलफल कार्यक्रममा समेत यो विषयप्रति संवेदनशील भई आचारसंहिता पालनामा शून्य सहनशीलताको नीति अवलम्बन गरिनुपर्ने धारणा अभिव्यक्त भएकोतर्फ सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराइएको छ।

सर्वोच्च बारले भनेको छ, ‘सम्मानित सर्वोच्च अदालतको पूर्ण बैठकबाट स्वीकृत भै सो सम्बन्धमा खास गरी नेपाल कानून व्यवसायी परिषद्बाट जारी भएको कानून व्यवसायीको पेशागत आचरण सम्बन्धी नियमावली, २०७९ को मुख्यतया नियम ४ (ग) र ४ (घ) को अनुपालना नभएको भनी गुनासो आम एवम् सार्वजनिक रूपमा नै प्रस्फुटित हुन थालेको परिप्रेक्ष्यमा ऐ. नियम ४ (ग) र ४ (घ) को निम्न व्यवस्था नियम ४ (ग) विद्युतीय प्रकाशन, प्रसारण तथा पालगायतका सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट न्यायपालिका, न्यायाधीश, कर्मचारी तथा आफ्ना कानून व्यवसायी सहकर्मीप्रति आघात पुऱ्याउने, आक्षेप लगाउने वा बेइज्जती गर्ने उद्देश्यले कुनै विचार वा धारणा व्यक्त गर्न वा नकारात्मक टिप्पणी गर्न वा कसैले गरेका त्यस्ता टिप्पणीप्रति आफ्नो सहमति रहेको भनी प्रति टिप्पणी वा भाव व्यक्त गर्न हुँदैन।’

सचिव रमण कुमार कर्णद्वारा प्रेसित पत्रमा अगाडि भनिएको छ, ‘नियम ४ (घ) आफूले अदालतमा बहस गरेको, कानूनी परामर्श प्रदान गरेको वा आफू संलग्न भएको आदेश वा फैसलाको प्रचारको उद्देश्यले सामाजिक सञ्जाल वा कुनै माध्यमबाट सार्वजनिक प्रकाशनमा ल्याउन हुँदैन। मिति २०८१/१०/०४ गतेको कार्यसमितिको निर्णयानुसार उपरोक्त उल्लिखित नियम सहित आचारसंहिताको अनिवार्य पूर्ण परिपालनाको निमित्त सादर अनुरोध गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad