अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेलगत्तै धेरैवटा ठूलठूला निर्णय गरे।
जसमध्ये एउटा निर्णय हो- अमेरिकामा बसोबास गर्ने अवैध आप्रवासीलाई निकाल्ने अर्थात् उनीहरूकै देशमा फिर्ता पठाइदिने।
यो निर्णयपछि चर्चित अमेरिकी गायिका सेलेना गोमेजको एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा उनी धुरुधुरु रोइरहेकी छन्। उनको यो भिडिओ भाइरल भयो। तर, केही घण्टामै सेलेनाले आफ्नो पोस्ट डिलिट गरिन्।

सेयर गरिएको भिडिओमा उनले रुँदै भनेकी छन्, ‘मलाई के मात्र भन्नु छ भने मलाई माफ गर्नुहोस्, हाम्रा जनतामाथि आक्रमण हुँदै छ, बच्चाहरूमाथि पनि। म केही बुझ्न सकिरहेको छैन। मलाई माफ गर्नुहोस्। म केही गर्न सक्थेँ भन्ने चाहन्छु, तर म केही गर्न सक्दिनँ। मलाई के गर्ने थाहा छैन। म सबै कुरा गर्ने प्रयास गर्नेछु। म वाचा गर्छु।’
ट्रोल भएपछि सेलेना गोमेजले आफ्नो आधिकारिक पेजबाट भिडिओ डिलिट गरेकी छन्।तर यो भिडिओ अझै पनि उनको फ्यान पेजमा भाइरल भइरहेको छ।

गत महिना अमेरिकामा अवैध आप्रवासीबारे काम गर्ने सरकारी एजेन्सी (आईसीई) ले अमेरिकामा अवैध रूपमा बसोबास गर्ने लगभग १५ लाख मानिसको सूची तयार पारेको थियो।
हेर्नुहोस् भिडिओ-
Selena Gomez shares emotional Instagram Story about the deportation of Mexican people:
— Pop Crave (@PopCrave) January 27, 2025
“All my people are getting attacked, the children. I don’t understand. I’m so sorry, I wish I could do something but I can’t. I don’t know what to do. I’ll try everything, I promise.” pic.twitter.com/il8pPXYZma
Shares

प्रतिक्रिया