ad ad

समाज


गड्डाचौकीबाट भित्रिएका दुई जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

गड्डाचौकीबाट भित्रिएका दुई जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना

गोकुल जोशी
चैत ८, २०७६ शनिबार ९:१५,

कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनालाई महाकाली अस्पताल भर्ना गरिएको छ।

सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी नाका भएर भित्रिएका दुई जनालाई कोरोना भाइरस संक्रमण भएको हुनसक्ने आशंकामा महाकाली अस्पताल पठाइएको गड्डाचौकीस्थित हेल्थ डेस्ककी अनमी निर्मला जोशीले बताइन।

अस्पताल भर्ना गरिएका दुवै जना पुरुष हुन्।

भारतको राजधानी दिल्लीबाट घर फर्किन लागेका उनीहरुलाई चेकजाँच गर्दा कोरोना भाइरसको आशंका लागेपछि महाकाली अस्पतालमा भर्ना गरिएको हो।

‘ज्वरो बढि देखिएकाले कोरोनाको आशंकामा थप बुझ्न अस्पताल पठाएका छौँ।’ नाकामा खटिएकी अनमी जोशीले भनिन्।

उनीहरुलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर नारद भट्टले बताए।

उनका अनुसार अहिले उनीहरुको नमूना संकलन गरेर स्थास्थ्य जाँचका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

याे पनि: 
गड्डाचौकीबाट नेपाल भित्रिनेको भिड थामिनसक्नु, उपकरण अभावमा चेकजाँचमा समस्या 
सुदूरपश्चिम सरकारले भन्यो : एक साता भारत नजानुस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .