ad ad

समाज


विश्वभर कोरोनाको त्रास फैलँदा उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

विश्वभर कोरोनाको त्रास फैलँदा उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

नेपालखबर
चैत ८, २०७६ शनिबार ९:७,

दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो।

विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो।

कोरोनाको सङ्क्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेको छ।

उनीहरुले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन्।

उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरिएको छ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४६८ जना सङ्क्रमित भएका छन् भने ११ हजार ४१७ जनाको मृत्यु भएको छ।

जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ।

हालसम्म कोरोनाको संक्रमण आफ्नो देशमा नभएको उत्तर कोरियाले दाबी गर्दै आएको छ।

यद्यपी कोरियाली संचारमाध्यमले भने कोरोनाका कारण उत्तर कोरियामा २ सयको हाराहारीमा सेनाको मृत्यु भएको दाबी गर्दै आएको छ। रासस/एएफपी

Image may contain: 2 people, camera and outdoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .