समाज


मानव बेचबिखन आरोपमा रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

मानव बेचबिखन आरोपमा रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

नेपालखबर
माघ १०, २०८१ बिहिबार १२:२७, काठमाडौँ

मानव बेचबिखन तथा ओसारपसारका अभियुक्तलाई प्रहरीले ओमानबाट पक्राउ गरेर ल्याएको छ। 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका २ घर भई काठमाडौँ टोखा नगरपालिका ३ बस्ने विनोद पौडेललाई पक्राउ गरेको हो। 

एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको छ। 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते रेड नोटिस जारी भएको थियो।

उनलाई कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad