बागमती


शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो सहिद सप्ताह

शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो सहिद सप्ताह

नेपालखबर
माघ १०, २०८१ बिहिबार १२:२७, काठमाडौँ

विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने सहिदहरूको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ।

विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए। सोही दिनको स्मरण गर्दै उनको टेकुस्थित सालिकमा माला र पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको हो।

सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्।

तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो।

सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ।

टेकुस्थित शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पणपछि काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन्। 

उपप्रमुख डंगोलले भनिन्, ‘इतिहासको सम्मान गर्न सक्नुपर्छ। समयसँगै योगदान दिनेहरू पनि अस्ताउँदै जानुहुन्छ। त्यसैले उहाँहरूको योगदानको कदर गर्नुपर्छ। पुस्तान्तरण हुनुपर्छ। पुस्तान्तरण भएपछि मात्रै इतिहासलाई बुझ्ने मान्छेले, इतिहासलाई सम्मान गर्ने व्यक्तिले आज वर्तमानमा सच्चा नागरिक भएर काम गर्न सक्छ। भविष्यको बाटो कोर्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad