बहस गरेर अदालतबाट निस्कने क्रममा कुटपिट गर्नेविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जाहेरी दिएका छन्।
बिहीबार सिंहदरबार वृत्तमा त्रिपाठीले ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले बताए।
प्रहरीले कुटपिट लगतै अदालत परिसरबाटै दोलखाका ललित केसीलाई पक्राउ गरेको छ। उनीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको अधिकारीले नेपालखबरलाई बताए।
अन्य संलग्नको पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ।
बुधबार स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जाहेरवालाको तर्फबाट बहस गरेर बाहिरिएपछि त्रिपाठीलाई रवि लामिछानेका समर्थकले हातपात गरेका थिए।
उक्त घटनाको चौतर्फी निन्दा भइरहेको छ। संलग्नमाथि कारबाही गर्न पनि माग गरेका छन्।
Shares

प्रतिक्रिया