सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले जर्नेलहरूको राजनीतिक महत्वकांक्षाले पाकिस्तानको लोकतन्त्र कमजोर बनेको भन्दै नेपालमा भने न्यायिक सक्रियताले कार्यकारीको भूमिकामा अंकुश लगाउन खोजिएको टिप्पणी गरेका छन्।
‘पाकिस्तानमा सेनाका जर्नेलहरूको राजनीतिक महत्त्वाकांक्षाले त्यहाँको लोकतन्त्र कमजोर बनेको, विकास र सुशासनमा गम्भीर नकारात्मक असर परेको देखिन्छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपालमा भने राजनीतिक मामिलामा देखिएको न्यायिक सक्रियता र कार्यकारीको भूमिकालाई अंकुश लगाउने अदालती फैसलाले नेपाली लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन? यसतर्फ पनि लोकतन्त्रका पक्षधरहरूले गम्भीर विमर्श गर्नुपर्ने देखिन्छ।’
पोखरेलले अदालतको कुन फैसलालक्षित गरेर त्यस्तो टिप्पणी गरेका हुन् भन्नेचाहिँ खुलाएका छैनन्।
Shares

प्रतिक्रिया