समाज


स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका दुवैजना धरौटीमा रिहा

स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका दुवैजना धरौटीमा रिहा

जिल्ला अदालत काठमाडौँ


नेपालखबर
पुस २४, २०८१ बुधबार १३:३७, काठमाडौँ

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुवै जना धरौटीमा रिहा भएका छन्।

अभियोगपत्रसाथ पेस गरिएका सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरीवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो।

सुनिता ४ लाख र कमल ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए। 

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले कात्तिक २० गते पक्राउ गरेको थियो। यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३७ जना प्रतिवादीको हकमा भने थुनछेक आदेश हुन बाँकी छ।

जिल्ला अदालत कास्कीमा थुनछेक आदेश भइसकेपछि लामिछानेसहितका केही प्रतिवादीहरुलाई उपस्थित गराउने प्रहरीको तयारी छ। 

स्वर्णलक्ष्मी सहकारी ठगीमा २ अर्ब ४१ करोडभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ। लामिछानेलाई ५ करोड ८ लाख रुपैयाँ बिगो तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad