समाज


स्वर्णलक्ष्मी सहकारी ठगी : रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो

स्वर्णलक्ष्मी सहकारी ठगी : रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो

नेपालखबर
पुस २१, २०८१ आइतबार १६:३८, काठमाडौँ

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।

उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड बिगो माग दाबी गरिएको छ। हरेकको हकमा छुट्टाछुट्टै दाबी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सीताराम अर्यालले बताए।

प्रतिवादी कायम गरिएकामध्ये रवि र उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार छन्।

काठमाडौँमा मुद्दा दायर गरिएका कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छैन। यसअघि जिल्ला सरकारी वकिल कार्यालय, कास्कीबाटै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भइसकेकाले दोहोरो मुद्दा पर्ने भएकाले यहाँबाट सहकारी ठगी र संगठित अपराधको कसुरमा मात्रै मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयको अभियोगमा उल्लेख छ।

रविलाई सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ। छविलाई रविलाई भन्दा बढी बिगो तोकिएको छ। उनलाई ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad