सुदूरपश्चिम


ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु

ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालखबर
पुस २४, २०८१ बुधबार १३:५१, कञ्चनपुर

डोटीमा ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हबल्दार ३६ वर्षीय बहादुरसिंह पाली छन्।

जिल्ला प्रहरी कार्यालय, डोटीका डीएसपी भीमलाल भट्टराईका अनुसार कार्यालयको सुरक्षा ड्युटीमा खटिएका बेला बुधबार बिहान ३ बजेतिर प्रहरी सहायक हबल्दार पाली ढलेका थिए। 

बेहोस भएर ढलेपछि उपचारका लागि कैलालीको धनगढी लगिएकोमा बिहान साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेको उनले बताए।

पाली डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का हुन्। उनका श्रीमति र १५ वर्षीय छोरी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad