ग्लोबल


होर्मुजमा तनाव: अमेरिकाले खसाल्यो इरानका ४ ड्रोन (भिडिओ)

होर्मुजमा तनाव: अमेरिकाले खसाल्यो इरानका ४ ड्रोन (भिडिओ)

नेपालखबर
जेठ २३, २०८३ शनिबार १०:४०, काठमाडौँ

अमेरिकाले आफ्नो सेनाले शनिबार गोरुक र केसम टापुमा रहेका इरानी राडार साइट्समा आक्रमण गरिएको बताएको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार ‘पहिले इरानका चार आक्रमणकारी ड्रोनलाई होर्मुज स्ट्रेटमा खसालेर थप आक्रमण रोक्न राडार साइट्समा हमला गरिएको हो।’ 

उता इरानको आईआरजीसीले भने ‘होर्मुज स्ट्रेटनजिकै शत्रुका स्थानविरुद्ध मिसाइल आक्रमण सुरु गरिएको’ बताएको छ। 

सेन्टकमका अनुसार इरानले कुवेत र बहराइनतर्फ सात ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ, तर यीमध्ये छवटा आकाशमै रोकियो भने सातौँ मिसाइल आफ्नो लक्ष्यमा पुग्न असफल भयो।

इरानी राडार साइट्समा आक्रमणको भिडिओ

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको आक्रमणपछि इरानको मिसाइल क्षमता ह्वात्तै घटेको दाबी गरेका छन्। 

उनले भनेका छन्, ‘अब इरानसँग केवल २१-२२ प्रतिशत मिसाइल बाँकी छन्।’

यद्यपि न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकी गुप्तचर एजेन्सीले इरानले आफ्ना ३३ वटा मिसाइल साइटमध्ये ३० वटालाई पुन: सक्रिय पारिसकेको विश्वास गरेका छन्। उनीहरू भन्छन्, ‘अझै इरानसँग झन्डै ७० प्रतिशत मिसाइल छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad