समाज


हिटरको ग्यास लिक हुँदा धापासीमा एक घर जल्यो

हिटरको ग्यास लिक हुँदा धापासीमा एक घर जल्यो

नेपालखबर
पुस ४, २०८१ बिहिबार २०:३४, काठमाडौँ

काठमाडौँको टोखा नगरपालिका–६ स्थित धापासीको एक घरमा लागलागी भएको छ।

बिहीबार साँझ धापासीस्थित शिवमन्दी मार्गमा भाइकाजी श्रेष्ठको साढे ३ तले घरमा आगलागी भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

घरको पहिलो तलामा हिटर ताप्ने क्रममा हिटरको ग्यास लिक भइ आगलागी भएको एसपी अधिकारीले बताए।

घरका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। ८ वटा दमकल, ८ वटा पानी ट्याङकरसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाका नगर प्रहरी, स्थानीय बासिले आगलागी नियन्त्रणमा लिएका छन्।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको पनि एसपी अधिकारीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad