पत्रकार महेन्द्र विष्ट सार्वजनिक प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) को पहिलो अध्यक्ष नियुक्त भएका छन्।
उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा सरकारले नियुक्त गरेको हो।
हालै प्रतिनिधि सभाबाट रेडियो नेपाल र टेलिभिजनलाई एउटै ऐनबाट सञ्चालन गर्ने गरी विधेयक पारित भएको थियो।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका विष्ट यसअघि नेपाल टेलिभिजनको अध्यक्ष थिए।
उनी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्षसमेत हुन्।
198
Shares

प्रतिक्रिया