समाज


आज कुन प्रदेशको मौसम कस्तो होला?

आज कुन प्रदेशको मौसम कस्तो होला?

नेपालखबर
पुस १, २०८१ सोमबार ९:५९, काठमाडौँ

आज (सोमबार) कतै कतै आंशिक बदली (आकाशमा थोरै बादल) बाहेक लगभग देशभर मौसम सफा (आकाश सफा) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो देशका सातै प्रदेशमा मौसम मुख्यतया सफा रहने छ। 

राति भने कोसी, मधेस बागमती र लुम्बनी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ भने गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

यस क्रममा राति गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेकाे मौसम महाशाखाले जनाएकाे छ। 

यसैबीच आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.४ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए। आज सबैभन्दा बढी न्यूनतम तापक्रम भने नेपालगन्जमा १०.६ डिग्री सेल्सियस मापन भएको छ।

काठमाडौँ उपत्यकामा भने आजको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको मौसमविद् ढकालले जानकारी दिए। उपत्यकाको न्यूनतम तापक्रम हिजो आइतबार पनि यत्ति नै थियो। 

हेर्नुहोस् प्रदेशगत मौसम विवरण-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad