लामो समयदेखि काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई दुःख दिनेहरू पक्राउ परेका छन्।
यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान र झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
अनावश्यक रूपमा दुःख र हैरानी दिएको भन्ने पैदलयात्रीको गुनासोका आधारमा काठमार्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा काभ्रेका सुमन लामा, बाराका अजयराम महरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बस्नेत कार्की र सर्लाहीका सिकिन्दर महतो रहेका छन्।
यस्तै, काभ्रेकै अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण गिरी, कीर्तिपुरका सन्तोष स्याङ्तान लगायत पनि पक्राउ परेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए।
Shares

प्रतिक्रिया