महोत्तरीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
भिठामोड-जनकपुर सडकखण्डमा आइतबार दिउँसो ना.४ ख १०९६ नम्बरको बस जलेश्वर नगरपालिका-३, रातोपुलमा पल्टिँदा २२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि जनकपुर लगिएको छ। घाइतेमध्ये १५ जना भारतीय नागरिक रहेका प्रहरीको भनाई छ।
चालकले अत्यधिक मदिरा सेवन गरेको कारण बस दुर्घटनामा परेको यात्रुको भनाइ छ। दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।
261
Shares

प्रतिक्रिया