समाज


‘ह्याक’ भयो मौसम पूर्वानुमान महाशाखाको वेबसाइट

‘ह्याक’ भयो मौसम पूर्वानुमान महाशाखाको वेबसाइट

नेपालखबर
पुस १, २०८१ सोमबार ८:३३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट mfd.gov.np ह्याक भएको छ। 

मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले गएरातिदेखि वेबसाइट ह्याक भएको जानकारी दिइन्। 

‘गएरातिदेखि हाम्रोे बेवसाइट ह्याक भएको छ’, सोमबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘हाम्रो आईटी सेक्सनबाट बनाउने प्रयास भइरहेको छ।’

समय समयमा यस्तो हुने गरेको उनले बताइन्। 

महाशाखाले mfd.gov.np वेबसाइटबाट दैनिक मौसमबारे जानकारी दिन्थ्यो। तर आज बिहानदेखि यो खुलेको छैन।

खोल्दा यस्तो आउँछ-

तर महाशाखाको नयाँ बेवसाइट dhm.gov.np/mfd भने सञ्चालनमै रहेको जानकारी मौसमविद् मानन्धरले दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad