समाज


रास्वपाका कार्यकर्ताले पत्रकारमाथि गरेको आक्रमणप्रति महासंघको आपत्ति

रास्वपाका कार्यकर्ताले पत्रकारमाथि गरेको आक्रमणप्रति महासंघको आपत्ति

बुधबार चितवनमा रास्वपाका कार्यकर्ताले गरेको प्रदर्शन


नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १८:१५, काठमाडौँ

नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले चितवनमा पत्रकारमाथि गरेको आक्रमणप्रति आपत्ति जनाएको छ।

सहकारी ठगीलगायतका आरोपमा रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानको विरोधमा उत्रिएका रास्वपामा कार्यकर्ताले पत्रकारमाथि गरेको आक्रमण र दुर्व्यवहारका घटनाप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

मंसिर १९ गते बुधबार चितवनमा सभापति लामिछानेको अनुसन्धानको विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघका सदस्य एवं कपुरकोट मिडियामा कार्यरत पत्रकार सन्तोष देउजालाई निर्घात कुटपिट गरेको महासंघ चितवन शाखाले जनाएको छ।

सो क्रममा घटनाका बारे बुझ्न जाँदा महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र नेपाल प्रेसकी संवाददाता प्रतिमा सिलवाललाई दुर्व्यवहार गरिएको थियो।

‘नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो’ महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघको ठहर छ।’

महासंघ घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। साथै, घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्वाध रुपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ।

महासंघले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको ख्याल गरी त्यसलाई सम्मान गर्न सम्बन्धित पार्टीको पनि ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad