समाज


गृहमन्त्रीको पीए हुँ भन्दै विभिन्न निकायमा फोन गर्ने व्यक्ति पक्राउ

गृहमन्त्रीको पीए हुँ भन्दै विभिन्न निकायमा फोन गर्ने व्यक्ति पक्राउ

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १८:२४, काठमाडौँ

गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

गृहमन्त्री रमेश लेखकको पीए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट बिहीबार पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पीए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

नक्कली पीए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो।

नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो। गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए/ सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad