समाज


फोहोर गरेको भन्दै ईसीआई नेपाललाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

फोहोर गरेको भन्दै ईसीआई नेपाललाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार ११:५५, काठमाडौँ

जागरण सभा राखेर फोहोर गरेको भन्दै सत्तारूढ दल नेकपा एमालेलाई एक लाख जरिवाना तिर्न बिल पठाएको काठमाडौँ महानगरपालिकाले ईसीआई नेपाललाई पनि ५० हजार तिराएको छ।

वडा नम्बर २६ नयाँ बजार अनुगमन गर्दा फोहोर देखिएकोले नियमित सरसफाइ गर्न श्री ईसीआई नेपाललाई महानगर प्रहरी बलले  ५० हजार जरिवाना गराएको हो।

महानगरले पछिल्लो साउनयता  जरिवानाबापत ७ लाख बढी जरिवाना तिराएको छ। 

महानगरमा विभिन्न कार्यक्रम राखेर फोहोर गर्ने र सरसफाइ नगर्ने निकाय तथा कम्पनीलाई जरिवाना गर्दै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad