स्याङ्जा जनसेवा समिति हङकङको नयाँ कार्यसमिति चयन भएको छ।
जोर्डनस्थित किराँत याक्थुङ चुमलुङ हिममा आइतबार सम्पन्न नवौँ अधिवेशनले रवीन्द्र थापा मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

यस्तै प्रथम उपाध्यक्षमा मुक्काजी गुरुङ र द्वितीय उपाध्यक्षमा भवीन्द्र मल्ल चुनिएका छन्।
सचिवमा ओम गुरुङ, सहसचिवमा ओमकर थापा, कोषाध्यक्षमा रमेश थापा तथा महिला सहकोषाध्यक्ष सरिता गुरुङ चयन भएका छन्।
यसैगरी सदस्यहरूमा प्रेम गुरुङ, शिर थापा, खुमबहादुर राना, भीमराज थापा, नीर आले, संगीता गुरुङ र खिम राना छन्। बाँकी एक सदस्य भने समितिको पहिलो बैठकबाट मनोनयन गर्ने बताइएको छ।
स्याङ्जा जनसेवा समिति हङकङ सन् २००१ मा स्थापना गरिएको हङकङमा बस्ने स्याङ्जालीहरूको संस्था हो।
390
Shares

प्रतिक्रिया