ad ad

समाज


कञ्चनपुरमा स्कुल बस दुर्घटना, ३० विद्यार्थी सामान्य घाइते

कञ्चनपुरमा स्कुल बस दुर्घटना, ३० विद्यार्थी सामान्य घाइते

गोकुल जोशी
चैत २, २०७६ आइतबार ११:११,

कञ्चनपुरमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ।

शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस आइतबार दिउँसो पोखरीमा खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

उनका अनुसार दुर्घटनामा परेर ३० जना विद्यार्थी सामान्य घाइते भएका छन्।

‘पोखरीमा खसेको बसबाट ३० जना विद्यार्थीको उद्दार गरेर नजिकको स्वास्थ्य चौकी पु¥याएका छौँ, उनीहरुको अवस्था सामान्य छ’, प्रहरी निरीक्षक भट्टले भने, ‘अझै विद्यार्थी बसभित्रै छन् कि भनेर उद्दार कार्य जारी छ, बस पोखरीबाट निकाल्ने प्रयास गर्दैछौँ।’

कच्ची बाटोमा बस चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .