समाज


विद्युत् चोरी गर्ने १७ जना पक्राउ

विद्युत् चोरी गर्ने १७ जना पक्राउ

नेपालखबर
चैत २, २०७६ आइतबार १०:५५,

पर्साका विभिन्न स्थानमा विद्युत चोरी गर्ने १७ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा र विद्युत प्राधिकरण पोखरियाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट हुक लगाई विद्युत चोरी गर्नेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका २ का सुरूज महरा, जुमन मिया, जोखु माझी, अरुण महता, पप्पुप्रसाद पटेल, खलिल मिया, हरी माझी, बली माझी, पर्सागढी नगरपालिका ७ का शिवचन्द्र दास, सुरेन्द्र सहनी, पटेर्वासुगौली गाउँपालिका ४ का मुनिलाल दास, बिन्दवासिनि गाउँपालिका ६ का जयकरण सिंह रहेका छन्।

यस्तै पटेर्वासुगौली गाउँपालिका ५ का कृष्ण माली भगत, रूपेश मुखिया, मुकेश मुखिया, सखुवाप्रसौनी गाउँपालिका २ का अलखप्रसाद यादव, ईस महमद मियाँ रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad