सगरमाथा आरोहणको समय नजिक आइरहेका बेला चीनले तिब्बत तर्फबाट सार्वोच्च शिखर आरोहणमा प्रतिबन्ध लगाएको हो।
नेपालले भने आफ्नो भूमिबाट सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको छैन।
बसन्त ऋतुको सगरमाथा आरोहण चिनियाँ अधिकारीहरुले स्थगित गरेसँगै सगरमाथा आरोहणका लागि तयारी गरिरहेका मानिसहरु निराश बनेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहर हो। कोरोना भाइरस विश्वव्यापी बन्दै गएपछि दर्जनौं देशले चीनमा भ्रमण प्रतिबन्ध लगाएका छन्। हालै ट्रम्पले युरोपका सबै देशबाट अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएका छन्।
भारतले पनि विश्वका सबै नागरिकलाई कोरोना खतरा नहटुन्जेल आवत-जावतमा प्रतिबन्ध लगाएको छ।
हाल सयभन्दा बढी देशमा फैलिएको कोरोनाले एक लाखभन्दा बढी मानिस बिरामी परेका छन्। हालसम्म ४ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
View this post on InstagramA post shared by Adrian Ballinger (@adrianballinger) on
Shares

प्रतिक्रिया