समाज


भिजिट भिसामा आएर काम गरिरहेका ८ चिनियाँ पक्राउ, ८० हजार जरिवाना

भिजिट भिसामा आएर काम गरिरहेका ८ चिनियाँ पक्राउ, ८० हजार जरिवाना

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ६:४९,

 गोरखामा पक्राउ परेका ८ जना चिनियाँ नागरिकलाई १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। भिजिट भिसामा आएर नेपालमा काम गरिरहेका उनीहरुलाई नेपालमै काम गर्ने हो भने तत्काल भिसा परिवर्तन गर्न भनिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए।

गोरखाको एक हाइड्रो कम्पनीबाट काम गरिरहेका उनीहरुलाई प्रहरीले १० दिने पहिले पक्राउ गरी अध्यागमनमा बुझाएको थियो। अध्यागमनले छानविन गरी उनीहरुलाई जरिवाना गर्ने र भिसा परिवर्तनका लागि समय दिने निर्णय गरेको हो।

पक्राउ पर्नेमा ट्याङ युजेन, याङ चुन, याङ जियाचुन, ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा र लिङ्घु केसेङ रहेका छन्। गोरखाको उत्तरी भागमा निर्माणाधीन माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा कार्यरत उनीहरू पर्यटन भिसामा आएको पाइएको छ।

पक्राउ परेकासँग पासपोर्ट लगायतका परिचयपत्र नै नरहेको र केही पर्यटन भिसामा आएर लामो समयसम्म बसिरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले जनाए।

माथिल्लो बूढीगण्डकी विद्युत आयोजना निर्माण कम्पनीका प्रतिनिधिलाई झिकाएर अध्यागमनले वास्तविकता बुझेको हो। नौलो नेपाल हाइड्रोपावर कम्पनीले उनीहरुको भिसा परिवर्तनका लागि प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad