समाज


मनसुन हटिसकेर पनि यी आधा दर्जन स्थानमा भारी वर्षा (सूची)

मनसुन हटिसकेर पनि यी आधा दर्जन स्थानमा भारी वर्षा (सूची)

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार ९:१२, काठमाडौँ

मनसुन बिदा भइसकेर पनि गएराति खासगरी देशको पूर्वी क्षेत्रमा भीषण वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार गएराति गण्डकी प्रदेशसहित पूर्व कोसी प्रदेशसम्म देशका धेरै ठाउँमा वर्षा भएको हो। 

उक्त अवधिमा मधेस प्रदेशसहित पूर्वी क्षेत्रका आधा दर्जन स्थानमा भारी वर्षा (५० मिलिमिटरभन्दा बढी वर्षा) भएको छ भने अन्य ४ स्थानमा भारीनजिकको वर्षा भएको छ। 

मौसम महाशाखाले आज (आइतबार) बिहान ९ बजे दिएको तथ्यांकअनुसार विगत २४ घण्टामा भारी वर्षा भएको ६ स्थान यी हुन्ः

-पर्साको रंगपुरमा ५९.८ मिलिमिटर

-रौतहटको चन्द्रपुरमा ६७ मिलिमिटर

-धनुषाको तुल्सीमा ७०.६ मिलिमिटर

-मकवानपुरको भोर्लेनीमा ५०.२ मिलिमिटर

-संखुवासभाको खाँदबारीमा ६३.४ मिलिमिटर

-सुनसरीको चतरामा ५२.२ मिलिमिटर

यसैगरी झन्डै भारी वर्षा भएका ४ स्थान यी हुन्ः 

-बाराको सिमरा एयरपोर्टमा ४०.४ मिलिमिटर

-बाराकै रजुवामा ४६.८ मिलिमिटर

-सर्लाहीको परवानीपुरमा ४२.४ मिलिमिटर

-र, संखुवासभाको तुर्केघाटमा ४५.४ मिलिमिटर

यसबाहेक गण्डकी प्रदेशबाट पूर्व कोसीसम्म धेरै ठाउँमा हल्कादेखि मध्यम (१० मिलिमिटरभन्दा माथि ४० मिलिमिटरभन्दा मुनि) सम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको विवरणले देखाएको छ। 

आज (आइतबार) पनि देशका धेरै स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ। 

गत जुन १० तारिख नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन यही अक्टोबर १२ तारिखका दिन पूर्वबाटै बाहिरिइसकेको छ। त्यसयता पोस्ट मनसुन सिजन चलिरहेको छ।

मनसुन बिदा भएपछि खासै वर्षा हुने सम्भावना रहँदैन। तर यस वर्ष हिउँदसम्मै पर्याप्त वर्षा हुने प्रक्षेपण यसअघि नै जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ। 

यो पढ्नुहोस्मौसम विभागको आकलन: अक्टोबरदेखि डिसेम्बरसम्म यस्तो हुनेछ नेपालको हावापानी

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad