समाज


मौसम विभागको आकलन: अक्टोबरदेखि डिसेम्बरसम्म यस्तो हुनेछ नेपालको हावापानी

मौसम विभागको आकलन: अक्टोबरदेखि डिसेम्बरसम्म यस्तो हुनेछ नेपालको हावापानी

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
असोज २१, २०८१ सोमबार २०:५, काठमाडौँ

गत जुन १० तारिख नेपाल भित्रिएको मनसुन (बर्खायाम ल्याउने तथा पानी पार्ने प्रणाली) बिस्तारै बाहिरिन सुरु गरिसकेको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटिसकेको हो।

अब देशका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना छ।

नेपालबाट मनसुन बाहिरिने सरदर अर्थात् औसत मिति अक्टोबर २ तारिख भए पनि यसपटक केही ढिला भएको हो।

मनसुन पूरै नेपालबाट बाहरिएपछि पोस्ट मनसुन सुरु हुनेछ। जुन सिजन नोभेम्बरसम्म रहन्छ। त्यसपछि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ। 

मौसमविद्का अनुसार मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन मानिन्छ। 

यसैबीच जल तथा मौसम विज्ञान विभागले अक्टोबरदेखि डिसेम्बरसम्मको मौसम आकलन सार्वजनिक गरेको छ। 

विभागका अनुसार असोज १५ देखि पुस १६ (अक्टोबरदेखि डिसेम्बर) सम्म ३ महिनाको अवधिमा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिणपूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरद भन्दा कम वर्षा हुने र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना छ। 

यस्तै सो अवधिमा अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रमचाहिँ देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ। 

यस्तो छ वर्षाको आकलन
विभागका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिणपूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।

कोसी प्रदेशको उत्तरी भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र बागमती प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ भने कोसी प्रदेशको दक्षिणी भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग, बागमती प्रदेशको उत्तरपश्चिम भूभाग र गण्डकी प्रदेशको दक्षिणपूर्वी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ। 

त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।

विस्तृतमा हेर्नुहोस् मौसम विभागको आकलन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad