काठमाडौँ उपत्यकामा आज (आइतबार) पनि पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज दिउँसोतिर काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना त देखिएको छ तर सम्भावना न्यून छ।
उनका अनुसार गएराति मधेस प्रदेशसहित पूर्वी क्षेत्रमा राम्रोसँग वर्षा भएको छ। बागमती प्रदेशका पनि केही स्थानमा राति वर्षा भएको छ।
‘तर गएराति उपत्यकामा कतै वर्षा भएको देखिएन, सिन्धुपाल्चोकलगायत उपत्यका आसपास भने हल्का वर्षा भएको छ’, उनले भनिन्, ‘आज पनि उपत्यकामा हल्का वर्षाको सम्भावना त देखाएको छ तर त्यो न्यून छ।’
मौसम महाशाखाले आफ्नो नक्सा विवरणमा आज दिउँसो उपत्यकामा हल्का वर्षा हुने सम्भावना ३० प्रतिशत मात्र रहेको देखाएको छ।
हेर्नुहोस्-

मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
Shares

प्रतिक्रिया