धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ गोदारस्थित सडकमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटना भएको हो।
हाइसमा सवार तेह्रथुम आठराई गाउँपालिका-२ बस्ने ४९ वर्षीय बासु देब गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पताल काठमाडौंमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
54
Shares

प्रतिक्रिया