सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ थामडाँडास्थित सडकमा पैयाबाट खरिखोलातर्फ जाँदै गरेको प्र १-०७-००१ त ००१८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेको ट्याक्टर बुधबार राति सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
ट्याक्टरका चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-७ गुन्सा बस्ने २४ वर्षीय मिङमा दावा शेर्पाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको खरिखोला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
42
Shares

प्रतिक्रिया