समाज


रिद्दिखोलामा स्थानीयलाई ठक्कर दिएर भागेका कार चालक मुग्लिङमा पक्राउ

रिद्दिखोलामा स्थानीयलाई ठक्कर दिएर भागेका कार चालक मुग्लिङमा पक्राउ

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १२:१०, काठमाडौँ

मुग्लिङ–नारायणघाट सडकखण्डको रिद्दिखोलामा स्थानीयलाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले मुग्लिङमा पक्राउ गरेको छ।

चितवनको इच्छाकामना गाउँपालिका ६ रिद्दिखोला बस्ने ४५ वर्षीय देवबहादुर गुरुङलाई बुधबार बेलुका सडक छेउमा लडिरहेको अवस्थामा फेला परेका थिए।

कारको ठक्करबाट टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको अवस्थामा फेला परेका उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो।

यसरी यात्रुलाई ठक्कर दिएर सवारी भागेको सूचनापछि प्रहरीले जुगेडी, मुग्लिङ, कुरिनटार र फिस्लिङमा सवारी साधान रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ठक्कर दिने ग१च ६२१५ नम्बरको कार र चालक पोखरा महानगरपालिका १४ बस्ने ४९ वर्षीय ओमबहादुर थापालाई बेलुका सवा ९ बजे प्रहरीले पक्राउ गरेको छ।

उनलाई इलाका प्रहरी कार्यालय मुग्लिङमा राखिएको छ। यता घाइतेको बेलुका १० ः ३५ बजे मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad