बागमती


भरतपुरमा दुई मोटरसाइकल र एउटा कार ठोकिँदा, ३१ वर्षीय युवकको मृत्यु

भरतपुरमा दुई मोटरसाइकल र एउटा कार ठोकिँदा, ३१ वर्षीय युवकको मृत्यु

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १२:१५, काठमाडौँ

चितवन, भरतपुर महानगरपालिका-४, नवदुर्गा चोकमा गएराति दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एकजनाको मृत्यु भएको छ।

प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठोकिँदा मोटरसाइकल चालक भरततपुर महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो।

साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad