बडा दसैँमा पनि वैदेशिक रोजगारीका लागि विदेशिनेहरूको लर्को लागेको छ।
बडा दसैँको मुख्य दिन विजया दशमी (शनिवार) को दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड लागेको हो। विजयी दशमीको तयारी घरघरमा भईरहेको क्षणमा पनि नेपालीहरू रोजगारीका लागि स्वदेश छोड्न विवश छन्।
दसैँ नेपालीहरूको महान चाड हो। यस पर्वमा विशेष गरेर मान्यजनको हातबाट टिका थापेर आशिर्वाद लिने गरिन्छ।
तर वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरूले आफूभन्दा ठूलाबाट आशिर्वाद लिने दसैँमा पनि परिवारबाट छुटने क्रम बढ्दो छ।

विजया दशमीको दिनमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ।
देशमा रोजगारीको अवसर नभए पछि नेपालमा विदेशिनेहरूको संख्या प्रतिदिन बढ्दै गएको छ।
नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरू विदेशिने गरेको पाइएको छ।
सरकारले रोजगारीका लागि अवसर सृजना गरे त्यो क्रम निश्चय नै रोकिने थियो।

Shares

प्रतिक्रिया