ad ad

समाज


हेली उद्धारबाट नागरिकको उपचार गर्नुपर्ने माग राख्दै एक महिनाअघि थालेको अनशन तोड्न सहमति

हेली उद्धारबाट  नागरिकको उपचार गर्नुपर्ने माग राख्दै एक महिनाअघि थालेको अनशन तोड्न सहमति

नेपालखबर
असोज १९, २०८१ शनिबार १७:३३, काठमाडौँ

प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा परेका ग्रामिण भेगका नागरिकको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धारको माग राख्दै एक महिनादेखि अनशनमा बसेका तेह्रथुमका ४२ बर्षीय दीपक सिलवालले अनशन तोडेका छन्। 

शनिबार भएको सहमितपछि गृहमन्त्री रमेश लेखकले उनको अनशन तोडाएका हुन। सिलवाल भदौ २१ गतेदेखि आमरण अनशनमा बसेका थिए।

गर्भवती एवं सुत्केरी महिलाहरु विपद् एवं आकस्मिक घटनाका कारण घाइते भइ सघन उपचार आवश्यक भएका तत्कालीन सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागि ज्यान जानसक्ने अवस्था रहेकाहरुको आपत्कालीन हवाई उद्धार गर्ने विषयमा सहमति भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .