ad ad

समाज


भोटेकोसीमा खसेको गाडी भेटियो, यात्रु भेटिएनन्

भोटेकोसीमा खसेको गाडी भेटियो, यात्रु भेटिएनन्

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १९:३१, काठमाडौँ

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा खसेको गाडी भेटिएको छ।

क्रेनको सहयोगबाट खोज्नेक्रममा नदीमा खसेको गाडी फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए।

बा२०च २१८५ नम्बरको बलेरो गाडी नदीबाट निकालिएको एसपी खड्काले नेपालखबरलाई बताए।

गाडीमा मान्छे नभेटिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

एसपी खड्काले भने, ‘गाडी चाहिँ निकालियो अहिले भर्खरै। बा२०च २१८५ नम्बरको बलेरो रहेछ। तर गाडीमा कोही पनि छैनन्। गाडी कसले चलाएको, यो गाडी कसको हो, थप अनुसन्धान भइहरहेको छ।’

शुक्रबार दिउँसो मोटरसाइकल चालकले प्रहरीलाई गाडी खसेको खबर गरेका थिए।

त्यसलगत्तै प्रहरीले भोटेकोसीको भेलामा गाडी खोजी सुरु गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .