ad ad

समाज


सूर्यदर्शन सहकारीका पूर्वसचिव काठमाडौँबाट पक्राउ

सूर्यदर्शन सहकारीका पूर्वसचिव काठमाडौँबाट पक्राउ

नेपालखबर
भदौ २, २०८१ आइतबार १७:१४, काठमाडौँ

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव पक्राउ परेका छन्।

पर्साको वीरगन्ज महानगरपालिका-१४, श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका-१७, घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

नकर्मी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसचिव हुन्।

प्रहरीका अनुसार, नकर्मी बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका थिए।

उनलाई शुक्रबार काठमाडौँको दक्षिणकालीबाट पक्राउ गरेर कारबाहीका लागि कास्की लगिएको छ। आइतबार उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ।

सहकारीका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राई फरार छन्। सोही सहकारीको ठगीमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पनि पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन्।

तर प्रहरीले उनीविरुद्धको जाहेरी कारबाही प्रक्रियामा नलगी अनुसन्धान नै गरिरहेको जनाएको छ।

प्रहरीले ६ महिनासम्म पनि रविविरुद्धको जाहेरी कानुनी प्रक्रियामा अगाडि बढाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .