ad ad

समाज


बेपत्ता बस खोज्दा त्रिशूलीमा हराएको १९ किलोको चुम्बक भेटियो

बेपत्ता बस खोज्दा त्रिशूलीमा हराएको १९ किलोको चुम्बक भेटियो

नेपालखबर
साउन १४, २०८१ सोमबार ९:२२, काठमाडौँ

त्रिशूलीमा बेपत्ता दुईवटा बस खोज्ने क्रममा त्रिशूली नदीले बगाउँदा हराएको चुम्बक फेला परेको छ। 

नारायणगढ मुग्लिन सडकको सिमलतामा गएको असार २८ गते पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक दुई दिनअघि त्रिशूलीमा हराएको थियो। 

‘साउन १२ गते त्रिशूलीमा हराएको चुम्बक काभ्रेघाटमा भेटिएको छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने।   

उक्त चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको छ। 

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न भारतबाट १४ र १९ किलोका दुईवटा चुम्बक ल्याइएको थियो। 

गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए। 

ती दुवै बसमा सवार ६५ जनामध्ये तीनजना पौडिएर निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए।

बेपत्तामध्ये २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ। अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .