ad ad

समाज


त्रिशूलीमा खसेको अर्को बसमा थिए ३१ जना, यस्तो छ टिकट विवरण

त्रिशूलीमा खसेको अर्को बसमा थिए ३१ जना, यस्तो छ टिकट विवरण

घटनास्थल


नेपालखबर
असार २८, २०८१ शुक्रबार १४:१६, काठमाडौँ

आज शुक्रबार बिहान काठमाडौँबाट रौतहट गौरका लागि जाँदै गर्दा मुग्लिन-नारायणगढ सडकअन्तर्गत चितवनस्थित त्रिशूली नदीमा खेसेको प्रदेश०३-७०१ २४९५ नम्बरको गणपति बसमा चालकसमेत जम्मा ३१ जना सवार रहेकाे खुलेको छ। 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले उपलब्ध गराएको विवरणअनुसार बसका धनी चालक र सहचालकसहित ३१ जना सवार थिए। 

जसमध्ये रौतहटको गढीमाई नगरपालिका-३ बस्ने वर्ष २६ का सुरज गुप्ता भने बाँच्न सफल भएको उनले बताए। उपचारपछि हाल उनी एयरपोर्टनजिक आफन्तकोमा बसेका छन्।

यी ३० जना भने बेपत्ता छन्-

-टिकटमा नाम उल्लेख नन्दुजी (मोबाइल नम्बर ९८०९२८८६८०) सहित ५ जना,

-अमृताजी (मोबाइल नम्बर ९८२३५२२९३९) सहित २ जना

-हरिशचन्द्र जी (मोबाइल नम्बर ९८६७७७७५७६) समेत २ जना

-शम्भु/नवीनजी (मोबाइल नम्बर ९८१९२४६८६४ ५) समेत ४ जना

-राजु पटेल (मोबाइल नम्बर ९८०४२८०१४२)

-नन्दन दास (मोबाइल नम्बर ९७०६९३४५५०)

-प्रिन्स जैसवाल (मोबाइल नम्बर ९८१२३५६७७८)

-सिकेन्द्रजी (मोबाइल नम्बर ९८२१२८७२७५)

-वकिल खा (मोबाइल नम्बर ९८१०३१४६४५)

-ओम (मोबाइल नम्बर ९८२६२०१०६२)

-राज किशोर (मोबाइल नम्बर ९८०३८३६३०९)

-नाम थर वतन नखुलेको जोरपाटी काउन्टरबाट चढेका ५ जना

-शैलेन्द्र (मोबाइल नम्बर ९७०७४१७१४०)

-फिरोज/राहुप मिया (मोबाइल नम्बर ९७०३४६५००९)

-बस धनी राकेश जैसवाल (मोबाइल नम्बर ९८१६१०७७५३)

-सहचालक (मोबाइल नम्बर ९८२१८६२९७७)

-बसका चालक किशोर कुमार चौधरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .