ad ad

राजनीति


त्रिशूली नदीमा खसेको एञ्जल डिलक्समा थिए १७ नेपाली र ७ भारतीय (नामसहित)

त्रिशूली नदीमा खसेको एञ्जल डिलक्समा थिए १७ नेपाली र ७ भारतीय (नामसहित)

नेपालखबर
असार २८, २०८१ शुक्रबार ११:१९, काठमाडौँ

नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ।

शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोमा परेर बगेको यात्रुवाहक बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरका बुकिंग इन्चार्ज प्रेम साह कानूले बताए।

वीरगञ्जबाट काठमाडौँ जाने क्रममा बस पहिरोमा परेर बगेको हो। पर्साको रंगपुरबाट खुल्ने एञ्जल डिलक्स प्रा.लि.को बस नं. प्र०३००६ ख १५१६ मा पर्सा र भारतका गरी कुल २४ जना यात्रु सवार थिए।

यात्रुहरू पर्साको रंगपुरबाट ९ जना वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, १ जना सवारी चालक २ जना सहचालक रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरको बुकिंग इन्चार्ज प्रेम साह कानूले बताए। 

‘हिजो हामीले गाडि बुकिंग गरी वीरगञ्जबाट राति ८ बजे काठमाडौँको लागि पठायौँ। आज बिहान ४ बजे आफूलाई गाडि दुर्घटनामा परेको जानकारी भयो,’ उनले भने, ‘हामीले चालक लगायत गाडीमा सवार सबै लाई फोन गर्दैछौँ कतिको फोनको घण्टी बज्दैछ तर उठिरहेको छैन, हामी पनि यस घटनाले दुःखी छौँ।’

बसमा चालक र केही यात्रु स्थानीय समेत रहेको उनले जानकारी दिए। 

चालक वीरगञ्ज नगवा निवासी हुन् भने अन्यको बारेमा जनाकारी लिने कार्य हुँदै गरेको कानूले बताए।

यता, काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .